Loading...

विप्लव माओवादीले भोली कार्तिक २८ गते नेपाल बन्द गर्ने

कार्तिक २८ काठमाण्डौं । महंगी, कालोबजारी मुल्यवृद्धिको विरोध एवं खाद्य सम्प्रभुत्ताको अधिकार स्थापनाका लागि भन्दै नेकपा माओवादीले भोली कार्तिक २८ गते नेपाल बन्दको आब्हान गरेको छ । बन्दको पूर्व सन्ध्यामा आज विभिन्न जिल्लाहरुमा मशाल जुलुश निकालेको छ ।

बन्दको पूर्व सन्ध्यामा आज सम्म गरी देशभरबाट सयौ नेता कार्यकर्ता पक्राउ गरेको भन्दै माओवादीले विरोध जनाएको छ ।

आज पनि कलंकीबाट सूर्य भुजले सहित ठाउ ठाउबाट कार्यकर्ताहरु पक्राउ गरेको माओवादीले जनाएको छ । माओवादीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार समेत खोल्दै सरकारले पोष्टर बाड्ने , पर्चा छर्ने नेता कार्यकर्तालाई गिराफ्ता गर्नु अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ । भोलीको बन्द बिहान ६ बजेदेखि अपरान्ह ४ बजे सम्म कायम रहने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...