Loading...

सरकारले भ्रष्टचारीलाई कारवाही गर्न सकेन : सचिव न्यौपाने

रुद्रवहादुर खड्का

सिन्धुली ,२७ कार्तिक । नेपाल निजामति कर्मचारी संगठनन सिन्धुलीको दशौ जिल्ला अधिवेसन सिन्धुलीमाढीमा आज उद्घाटन भएको छ । नेपाल निजामति कर्मचारी संगठनन सिन्धुलीका अध्यक्ष फडिन्द्र ढुंगेलको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई संबोधन गर्दै प्रमुख अतिथि तथा नेपाल निजामति कर्मचारी संगठननका केन्द्रिय सचिव चेतनाथ न्यौपानेले सरकारले भ्रष्टाचार न्युनिकरण गर्न लागि नपरेको बताउनुभयो ।
नेपाल निजामति कर्मचारी संगठननले भ्रष्टचारी कर्मचारीलाई कारबाही गर भन्दा पनि सरकारले यसको सुनुवाई गर्न नसकेको समेत बताउनुभयो । आफुहरुले दिएको सुझाव सरकारले समावेस नगर्दा क्षतीपुर्ती सहितको नागरिक सेवा सरकारले पुर्ण रुपमा लागु गर्न नसकेको समेत उहाँले बताउनु भयो ।

अव आफुहरु निति बनाउदै कार्यान्वयन गर्ने तहमा निजामति कर्मचारीहरु रहेकको भएतापनि एस विषयमा सरकार गंभिर नबनेको आरोप लगाउनुभयो । अहिलेका नेताहरुले निति नियम जनता अनुकुल बनाउन नसक्ने यदि जनता अनुकुल निति बनाईए निजामति कर्मचारी संगठन कार्यानवयन गर्ने पक्षमा रहेको बताउनुभयो ।

सरकारले कर्मचारी सरुवा गर्दा नियम विपरित गर्ने गरेको भन्दै धेरै हत सम्म निजामति कर्मचारी संगठनले त्यस्ता वेतिथिलाई रोकोको उहाँको भनाई थियो । सरकारले शुसासन, शुसासन भन्दै हिडेपनि प्रशासकहरु सकरात्मक नभएको ,मापदण्ड बनाएर मसि ओभाउन नपाउदै सरकार आफैले बनाएको मापदण्ड लत्याउदै आएको दावि गर्दै अव विधि निमार्ण गर्ने चरणमा रहेको बताउनुभयो । मुलुकको प्रदेश विभिाजनामा ५ देखी ७ प्रदेश बनाईनि पर्ने मा चितवनमा भएको १३ औ परिषदले ७ प्रदेश निर्धारण गरेको र अहिले दलहरुले यसैलाई साथ दिएको उहाँको भनाई छ ।

तर त्यतिवेला दलहरुले निजामति कर्मचारी संगठनलाई गालीगलोज गरेपनि बैज्ञानिनक तथ्यमा निर्धारण गरिएकाले अहिले दलहरुले आफुहरुकै निर्णयलाई कार्यान्वयन गरेको समेत न्यौपानेले बताउनुभयो । यस्तै अधिवेसनमा शिक्षक संगठनको दशैको चिठ्ठाको सान्त्वना उपहार सिन्धुलीले पाएको छ । जिल्ला हुलाक कार्यालय सिन्धुलीका सिता मरासैनीले रु ४ हजार हात पार्नुभएको छ । संघियतामा सुसासन सामाजिक सुरक्षा र श्रमको राजनितिक अधिकार सहितको ट्रेड युनिय हाम्रो अधिकार भन्ने नारा सहित भएको दशौ अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...