Loading...

तरुण दलको महाधिवेशन आजदेखि पोखरामा सुरु ,भोली बन्दशत्र

काठमाडौ २७ कार्तिक ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौथो महाधिवेशन आजबाट पोखरामा सुरु भएको छ ।महाधिवेशनको कंग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो ।

बीपीको सपना शान्ति, विकास र सुशासन, तरुण साझेदारीका लागि चौथो महाधिवेशन भन्ने मूल नाराका साथ तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नतृत्व चयन गर्नेछ । धेरैजसो जिल्लाबाट प्रतिनिधि पोखरा आइसकेको र बाँकी केही जिल्लाका आउने क्रम जारी रहेको आयोजकले जनाएको छ । महाधिवेशन उद्घाटन अघि तरुण दलका नेता तथा कार्यकर्ताले सभागृहचोकदेखि बाजागाजा, झाँकी र बृहर्त याली निकालेका थिए ।

तरुण दलको नयाँ कार्यसमितिमा प्रादेशिक संरचनाका आधारमा ७५ सदस्यीय केन्द्रिय कार्यसमिति हुनेछ । हाल ६१ जनाको कार्यसमिति छ । उद्घाटन समारोहमा तरुण प्रतिनिधि सहित कांग्रेस कार्यकर्ता गरी १० हजारभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ । प्रतिनिधिसँगै जिल्ला सभापति, नेता समेत पोखरा पुगेका छन् ।
यसैबीच महाधिवेशनमा तरुण प्रतिनिधिलाई भोटिङ गर्ने अधिकारबाट वञ्चित गर्न नहुने भन्दै कृष्णप्रसाद सिटौला पक्षले मतदानमा जानुपर्ने अडान लिएको छ ।

आगामी नेतृत्वको लागी जन्मजय तिमिल्सेना, टेकराज पौडेल, पुर्ण गुरुङ, दामोदर कोइराला, लक्ष्मी खतिवडा, मेधिनी सिटौला लगायतको नाम चर्चामा छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...