Loading...

लाओस विरुद्ध नेपालको फेरी २—१ अग्रता अनन्त तामाङले गरे आकर्षक गोल

काठमाण्डौ कार्तिक २७ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपको पहिलो सेमिफाईनलमा नेपाल र लाओसबीचको खेलको निर्धारतिे बराबरीमा रोकिएको अवस्थामा भएको अतिरिक्त समयको खेलमा नेपालले फेरी २—१ को अग्रता बनाएको छ ।
नेपालका लागि अनन्त तामाङले १ सय ४ औं मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
अतिरिक्त समयको दोस्रो हाफ्को खेल अहिले चलिरहेको छ ।
निगेरी रंगशालामा जारी खेलमा पहिलो हाफ्मा १—० गोलले पछि परेको अवस्थालाई उल्ट्याउदै नेपालले दोस्रो हाफ्को ४७ औं मिनेटमा बिमल घर्तीको गोलमा बराबरी गरेको थियो । भरत खबासको हेड पासमा उनले गोल गरेका थिए । लाओसले १८ औं मिनेटमा गोल गरेको हो । त्यस पछि दुवै टिमले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् ।
त्यस पछि खेलको अन्तिम ईन्जुरी समयमा नेपालका गोल किपर किरण चेमजोङ समेत विट भएको अवस्थामा लाओसले गरेको गोलको प्रयास डिफेन्डर अनन्त तामाङले विफल पारेका थिए । उनले आकर्षक रुपमा गोल लाईनबाट बल बाहिर पुर्यएका थिए । आजै दोस्रो सेमिफाईनल खेलमा मकाउ र ब्रुनाईबीच बेलुकी सवा ५ बजे खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...