Loading...

साम्प्रदायिक हिंसा मच्चाएर मुलुकमा अराजकतातर्फ लैजाने प्रयास हुदैछ : ओली

काठमाडौं, कात्तिक २७ ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक हिंसा मच्चाएर मुलुकमा अराजकता फैलाउने तत्व सक्रिय रहेको बताउनु भएको छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुकमा अराजकता फैलन नदिनेतर्फ सबै सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय एकताबिना संविधान कार्यान्वयन र निर्वाचन सम्भव नहुने भन्दै उहाले सवल र सक्षम राष्ट्रको निर्माणका लागि संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनु भयो ।

सबै राजनीतिक दल इमान्दार भएर राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा उहाको जोड छ ।

मुलुकमा सम्पूर्ण जातजातिलाई अवसर र उनीहरुको सुरक्षाको ग्यारेन्टी गरेमात्र मुलुकमा शान्ति, अमनचयन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...