Loading...

विप्लव माओवादीद्धारा पशुपति मुरारकाको जग्गा कब्जा

काठमाण्डौ ,२७ कार्तिक ।
विप्लव नेतृत्वको नेकपा(माओवादी)ले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।
माओवादीले पाँचवटा गम्भीर आरोपसहित मुरारकाको जग्गामा पार्टिको झण्डा गाडेर कब्जा गरेको हो ।
माओवादीले आज विज्ञप्ती निकालेर मुरारकाले दिनहुँ आकाशिदो बजार भाउ, महंगी र कालोबजारीमा मूख्य भूमिका खेलेकोले जग्गा कब्जा गर्नुपरेको जनाएको छ ।
महंगी र कालोबजारी रोक्नुपर्ने, मूल्यबृद्धि घटाउनुपर्ने माग राखी आइतवार नेपाल बन्दको आयोजना गरेको माओवादीले बन्दको पूर्व सन्ध्यामा कब्जा गरेको छ ।
घटनाको सूचना पाएपछि स्थलमा पुगेका क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिका संयोजक जन्मदेव जैसीका अनुसार अरबौको कर छलि गरेको, राष्टिय हितविपरित गतिविधिमा संलग्न भएको, दलाल, भ्रष्ट र माफियाहरुलाई प्रोत्साहन र संरक्षण गरेको पनि माओवादीले मुरारकामाथि आरोप लगाएको छ ।
पशुपति मुरारकाको जग्गा कब्जा किन ? शिर्षकको उक्त पत्रमा पाँचवटा मुख्य कारण उल्लेख गरी कारवाही गरेको जनाइएकाृे छ । राष्टिय अर्थतन्त्रलाई धरासायी     बनाउँदै दलाली अर्थतन्त्र तथा अर्थव्यवस्थालाई प्रोत्साहन गरी राष्टिय पुँजी पलायन गराएकोलगायतका आरोप छन् ।

विज्ञप्ती हेर्नुस्

15057766_10211089091729445_1751108456_n

 

यसमा तपाइको प्रतिक्रिया

Loading...