Loading...

लाओस विरुद्ध बिमलको गोलमा नेपालले गर्यो १–१ को बराबरी

काठमाण्डौ कार्तिक २७ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपको पहिलो सेमिफाईनलमा नेपालले आज लाओस विरुद्ध पहिलो हाफ्मा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउदै दोस्रो हाफ्को शुरुमै १–१ को बराबरीमा पुर्याएको छ ।
दोस्रो हाफ्को शुरुमै ४७ औं मिनेटमा भरत खवासको हेड पासमा आकर्षक गोल गरेका थिए ।
निगरी रंगशालामा जारी खेलमा शुरुमा आक्रामक खेल पस्के पनि नेपाली डिफेन्स लाईनको कमजोरीका कारण १८ औं मिनेटमा गोल व्यहोर्न बाध्य भएको थियो ।
शुरुको १५ मिनट खेल नियन्त्रणमा लिएको नेपालले त्यस पछि आक्रमण र रक्षा दुवैमा कमजोरी देखाएको थियो । तर दोस्रो हाफ्मा नेपालले सुधारिएको प्रदर्शन गर्दै खेल बराबरीमा पुर्याएको छ ।
नेपालले २ खेलाडी परिवर्तन गर्दै सुजल श्रेष्ठ र अन्जन विष्टलाई पहिलो ११ मा पारेका छन् भने बाकी टिम साविककै रहेको छ ।

लाओसका चार महत्वपूर्ण खेलाडी प्रतिवन्धमा रहेको, प्रतियोगीताको समुह चरणमा नेपालले कुनै गोल नखाएको र लाओसले चार गोल खाएकाले पनि नेपाली खेलाडीले मनोवल बढाएका छन् ।

मैदानमा कप्तानी गरीरहेका बिराज महर्जनले लाओसलाई कमजोर नआकिएको तर जीत्न सक्ने संभावना रहेको बताएका छन् । केही समय अघि खेलिएको मैत्रीपूर्ण खेलमा दुवै देशले एक एक गोलको बराबरी गरेका थिए ।

त्यस बेला नेपालका बिशाल राईले गोल गरेका थिए । यो प्रतियोगीतामा उनले मैदानमा खेल्न पाएका छैनन । समुह चरणमा नेपालले टिमोर विरुद्ध बराबरी खेलेको थियो भने ब्रुनाईलाई ३ गोलले पराजीत गरेको थियो ।

आजै दोस्रो सेमिफाईनल खेलमा मकाउ र ब्रुनाईबीच बेलुकी सवा ५ बजे खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...