Loading...

समोसा र चिया गफमा मधेसी दललाई अल्झाउदैछ सरकार : भट्टराई

लहान,२७ कार्तिक ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संबिधान संसोधनका बिषयमा सत्तापक्षले अहिलेसम्म एमालेसँग कुनै छलफल नगरेको बताउनु भएको छ ।
लहानमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले सरकारले संसोधन प्रस्तावबारे सबैदलसँग छलफलपछि सहमती नजिक पुगेको भन्ने प्रचार गलत भएको भन्दै संशोधनको अन्तरबस्तुमा सत्ता पक्षसँग कुनै छलफल नै नभएको बताउनु भयो ।
पार्टीको सचिवको हैसियतमा आफुले आधिकारिक कुरा रुपमा जानकारी गराएको भन्दै उहाले भन्नुभयो , कुन कुन धारा, उपधारामा संशोधन गर्ने हो सत्तापक्षले हामीसँग औपचारिक छलफल गरेकै छैन
समोसा र चिया गफमा मधेसी दललाई अल्झाउने बाहेक सत्ता पक्षले केही नगरेको र गर्न पनि नसक्ने उहाको भनाइ थियो । ‘हामीले मधेसी दलका नेताहरुलाई स्पष्ट भनेका छौं पहिला सत्ता पक्षसँग सहमति गरेर आउनुस्,’ उनले भने,‘सत्ता पक्ष सहमत भएपछि हामी छलफल गरौंला।’

संसोधन प्रस्ताव औपचारीक रुपमा आए आफुहरु त्यसमाथि छलफल गर्न तयार रहेको उहाको भनाई छ ।
उहाले मधेसको माग संबोधन हुने गरी औचित्यपूर्ण प्रस्ताव सत्ता पक्षले ल्याउनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...