Loading...

भारतीय सेनापति सिंहद्वारा प्रधानमन्त्री दाहालसँग भेट

कार्तिक २७, काठमाडौं ।

नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका सेनापति दलबीर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले नेपालको समसामयीक राजनितिक परिस्थीति , पुननिर्माणमा भईरहेको काम ,दुईदेशका सेनाबीचको सहकार्य लगायतका बिषयमा छलफल भएको थियो ।

सो क्रममा प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढेको जानकारी दिनुभयो ।
उहाले आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताउनु भएको थियो ।
सेनापति सिंहले भने भारतीय सेनाबाट सेवानिवृत्त नेपालीहरुको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागेको जानकारी गराउउनु भएको छ ।
उहाले नेपाल र भारतीय बीचको सदियौं पुरानो सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

dsc7466

यसमा तपाइको प्रतिक्रिया

Loading...