Loading...

लाओस विरुद्ध नेपालको खेल शुरु , शुरुमै आक्राम रुपमा प्रदर्शन

काठमाण्डौ कार्तिक २७ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपको पहिलो सेमिफाईनलमा नेपालले आज लाओस विरुद्ध खेलिरहेको छ । नेगरी रंगशालामा साव २ बजे शुरु भएको खेलमा नेपालले शुरुमै आक्रामक प्रदर्शन गरीरहेको छ ।
नेपालले २ खेलाडी परिवर्तन गर्दै सुजल श्रेष्ठ र अन्जन विष्टलाई पहिलो ११ मा पारेका छन् भने बाकी टिम साविककै रहेको छ ।

लाओसका चार महत्वपूर्ण खेलाडी प्रतिवन्धमा रहेको, प्रतियोगीताको समुह चरणमा नेपालले कुनै गोल नखाएको र लाओसले चार गोल खाएकाले पनि नेपाली खेलाडीले मनोवल बढाएका छन् ।

मैदानमा कप्तानी गरीरहेका बिराज महर्जनले लाओसलाई कमजोर नआकिएको तर जीत्न सक्ने संभावना रहेको बताएका छन् । केही समय अघि खेलिएको मैत्रीपूर्ण खेलमा दुवै देशले एक एक गोलको बराबरी गरेका थिए ।

त्यस बेला नेपालका बिशाल राईले गोल गरेका थिए । यो प्रतियोगीतामा उनले मैदानमा खेल्न पाएका छैनन । समुह चरणमा नेपालले टिमोर विरुद्ध बराबरी खेलेको थियो भने ब्रुनाईलाई ३ गोलले पराजीत गरेको थियो ।

लाओस फिफा बरियतमा भने नेपाल भन्दा माथि १ सय ७७ औ स्थानमा रहेको छ । नेपालका जापानी प्रशिक्षक कोजीले आजको खेलमा पानी परेमा उत्तार चढाव हुन सक्ने तर सामान्य अवस्था रहेमा आफ्नो पक्षमा खेल जान सक्ने बताएका छन् ।

आफ्नो पहिलो औपचारीक प्रतियोगीता भएका कारण पनि कोजी उपाधी जीत्ने सपना बनाएर मैदानमा खटिरहेका छन् । आजै दोस्रो सेमिफाईनल खेलमा मकाउ र ब्रुनाईबीच बेलुकी सवा ५ बजे खेल हुने छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...