Loading...

नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु ठूलो गल्ती : जबरा

लहान, कात्तिक २७ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिले भएकै संरचना अनुसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अगुवा कार्यकर्ता भेटघाटको क्रममा लहान पुग्नुभएका अध्यक्ष जबराले नयाँ संरचनामा थुप्रै विवाद रहेकाले अहिलेकै संरचनाका आधारमा चुनाव गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष राणाले संविधानमा नेपाललाई धर्म निरपेक्षता घोषणा गर्नु ठूलो गल्ती भएको बताउनु भयो । काँग्रेस, एमाले र माओवादीले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाएर ठूलो गल्ती गरेको आरोप उहाको आरोप छ ।

मधेसमा दुईवटा प्रदेश हुनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै उहाले सुनसरीको केही भाग र कैलाली कञ्चनपुरका केही भागलाई मधेस तर्फको प्रदेशमा मिलाएर अहिलेको समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र मधेसको पक्षमा पार्टीले खेलेको भूमिका र हिन्दू गणन्त्रको नारा लिएर राप्रपा गाउँरगाउँमा पस्ने पनि जानकारी गराउनु भयो ।

अर्को प्रशंगमा उहाले राप्रपा र राप्रपा नेपालबीच एकताको तयारी अन्तिम चरणमा पुगेको र अगामी मङ्सिरभित्रमा नै एकता प्रक्रिया टुङ्गिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...