Loading...

प्रधानमन्त्री दाहाल र काग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, कात्तिक २७ ।

पछिल्लो राजनितिक अवस्था , संबिधान संसोधन लगायतका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले संविधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिने विषयमा सभापति देउवासँग परामर्श गर्नुभएको हो ।

उहाहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमांकन हेरफेरमा केन्द्रीत रहेको बताइएको छ ।

तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...