Loading...

विप्लव माओवादीको बन्दमा मधेशी जनता पार्टीको समर्थन

कार्तिक २७ काठमाण्डौं । महंगी , मुल्यवृद्धि , भ्रष्टाचारको विरोध एवं खाद्य सम्प्रभुत्ता कायम राख्न भन्दै विप्लव माओवादीले कार्तिक २८ गते आव्हान गरेको नेपाल बन्दलाई मधेश जनता पार्टीले समर्थन गर्ने भएको छ । पार्टी अध्यक्ष महेश कलवारले आज एक विज्ञप्ति जारी गरी बन्दको प्रचार गर्दै हिडेका माओवादी कार्यकर्तामाथिको धरपकड र गिराफ्तारी गर्नुले सरकारको अलोकतान्त्रिक चरित्र पुष्टी भएको भन्दै बन्दमा हसभागी हुन कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
जनताको मुद्धा सुनुवाई गरेर माग पूरा गर्नुको साटो बन्दुकको भरमा तह लगाउन खोज्ने सरकारको नियत गलत भएको भन्दै यसले तराई मधेश एवं सिंगो देशभर भईरहेका आन्दोलनको समाधान नहुने उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...