Loading...

मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दिन : प्रचण्ड

कार्तिक २७, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मजदुर वर्गको समस्या समाधानका लागी कुनै कसर बाँकी नराख्ने आश्वासन दिनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटमा प्रधानमन्त्री दाहालले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताउनु भयो ।
आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा रहेको भन्दै उहाले वर्तमान सरकारले सक्ने जति समस्या समाधान गर्न आफ्नो ध्यान गएको स्पष्ट पार्नुभयो ।
त्यसका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेकोमा पनि प्रधानमन्त्री दाहालले जोड दिनुभएको उहाका प्रेश सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो

भेटमा महासङ्घका अध्यक्ष शालिकराम जम्मकट्टेलले संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गर्दै केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएकोले संशोधन गर्न माग गर्नुभयो ।

उहाले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, ‘इ’ रिक्सालाई व्यवस्थित गर्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...