Loading...

आवेग र उत्तेजनाले असफल बनाउछ : पुन

पोखरा ,२७ कार्तिक ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सिमाङ्कनको विषयमा आयोग बनाएर टुंग्याउने गरी सहमति गर्नुपर्नेमा जोड दिनुभएके छ ।

प्रेस सेन्टर कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पुनले सामथ्र्य, पहिचान, सुगमता लगायतका विषयलाई मुल्यांकन गरेर सिमांकन हुनुपर्ने बताउनु भयो ।

पुनले आवेग र उत्तेजनामा आएर चाँडो टुंग्याउनुभन्दा पनि केहि समय पर्खिर सबै दलको सहमतीमा अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाले मधेसको मुद्धा सम्बोधन गर्नेगरी एकसाताभित्रमा संसदमा संविधान संशोधन प्रस्ताव पेश हुने दाबी पनि गर्नुभयो । प्रमुख ३ दलसहित सबै दलको सहमतिमा नै संसोधन प्रस्ताव पारित हुने उहाको भनाई छ ।

नेपालको संविधान गतिशिल संविधान भएकाले जनमतको कदर गर्दै आवश्यक्ता अनुसार संविधान संशोधन गर्न सकिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...