Loading...

संबिधान संसोधनका लागी सत्तापक्ष र प्रतिपक्षी नेताबीच छलफल

काठमाडौ ,२७ कार्तिक ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन हुने बताउनु भएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षी नेताबीच छलफल भइरहेको बताउनु भयो ।

अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी समेत गराउनु भएको छ । प्रदेश नं ५ को राजधानी दाङ हुने भन्दै उहाँले जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण हुने बताउनु भयो ।

यस्तै दाङको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण कार्य अगाडि बढाउनुपर्नेमा पनि उहाँले जोड दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...