Loading...

६६ किलो चरेससहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौ २७ कार्तिक ।  

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको रामनगरमा ६६ किलो चरेससहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुरको दामनबाट नौबिसे हुँदै चितवनको बाटो भएर भारततर्फ लैजाने क्रममा बिआर ५५–३०७० नम्बरको गाडीमा लुकाएर लैजादै गरेको चरेस प्रहरीले नियन्त्रणमा लिएको हो ।

गाडीको चेसिस तल फल्स बटम बनाइ लुकाइ राखेका अवस्थामा चरेससहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा गाडीका चालक भारत मोतीहारीका २५ वर्षीय चुन्नु तिवारी, सोही ठाउँ बस्ने २८ वर्षीय सुधीरकुमार दुबे र २६ वर्षीय चन्दन त्रिपाठी रहेका छन् ।

यसअघि पनि तीन पटकसम्म लुकाइ छिपाइ लागुऔषध लगेको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...