Loading...

भारतीय स्थल सेनाध्यक्षले आज प्रधानमन्त्रीसँग भेट गर्दै

काठमाडौ २७ कार्तिक ।  

नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहले आज प्रधानमन्त्री पुष्पकमल दहालसँग भेट गर्दै हुनुहुन्छ ।

नेपाली सेनाका मानार्थ महारथी समेत रहनु भएका सिंहले दिउँसो साढे एक बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

यसअघि हिजो काठमाडौ आइपुग्नु भएलगत्तै उहाँले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेट गर्नुभएको थियो ।

भद्र्रकालीस्थित जंगी अड्डामा भएको भेटमा दुई मुलुकबीचको सैन्य सम्बन्ध र हितबारे छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै उहाँ नेपाली सेना र भारतीय सेनाबीच रुपन्देहीको सालझन्डीमा सन्चालन भइरहेको संयुक्त अभ्यास सुर्यकिरणको निरीक्षणका लागि त्यसतर्फ जाने कार्यक्रम पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...