Loading...

तरुण दलको महाधिवेशन आजदेखि पोखरामा हुदै

काठमाडौ २७ कार्तिक । 

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौथो महाधिवेशन आजबाट पोखरामा सुरु हदैछ । जिल्ला विवाद कायमै रहेको अवस्थामा हुन लागेको महाधिवेशनले आगामी नेतृत्व चयन गर्नेछ ।

महाधिवेहनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले अध्यक्षसहित प्रादेशिक संरचना अनुसार ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने जनाएको छ ।

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिनुभयो । महाधिवेशनका लागि कांग्रेस नेता तथा प्रतिनिध पोखरा पुग्नेक्रम जारी रहेको छ ।

बिहान ११ बजेपछि महाधिवेशनको उद्घाटन सत्र सुरु हुने जनाएको छ । यसैबीच कांग्रेसका शीर्ष नेताहरुबीच तरुण दलको पदाधिकारी बाँडफाँडमा सहमति भएको दावी गरेको छ ।

सभापति शेरबहादुर देउवालाई अध्यक्ष, नेता रामचन्द्र पौडेल पक्षलाई महामन्त्री र कृष्ण सिटौला पक्षलाई कोषाध्यक्ष दिनेगरी सहमति बनेको बताइएको छ ।

यस्तै, केन्द्रीय सदस्य एवम् प्रदेश संयोजक लगायतका पदमा पनि त्रिपक्षीय बाँडफाँड गर्ने सहमति भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...