Loading...

सुर्तीजन्य पदार्थमा चेतावनी मूलक सन्देश राख्ने मुलुकको सुचीमा नेपाल पहिलो स्थानमा

काठमाडौ २७ कार्तिक ।  

सुर्तीजन्य पदार्थमा चेतावनी मूलक सन्देश राख्ने मुलुकहरुको सुचीमा नेपाल पहिलो स्थानमा परेको छ ।

क्यानेडियन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ राख्ने मुलुकमध्ये पहिलो स्थानमा परेको हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र त्यसपछि आएका नियमावलीले व्यवस्था गरे अनुरुप नेपालले ९० प्रतिशत चेतावनीमुलक चिन्ह राख्ने व्यवस्था २०७१ जेठ १ गतेदेखि लागु गरेको थियो ।

नेपालमा सुर्तीजन्य पदार्थको बट्टा, पोका, र्यापर्स, पेटी तथा पार्सल र प्याकेजिङको बाहिरी कूल भागमध्ये ९० प्रतिशत भागमा चेतावनीमुलक सन्देश र घातक रंगिन चित्र छाप्नुपर्ने प्रावधान छ ।

विश्व स्वास्थ्य सङ्गठनको आयोजनामा भारतको नोएडामा जारी फ्रेमवार्क कन्भिन्सन अफ टोब्याको कन्ट्रोल विषयक सम्मेलनमा कनेडियन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको प्रतिवेदनमा प्रशान्त महासागरमा रहेको भनौटालाई दोस्रो र भारत र थाइल्याण्डलाई संयुक्तरुपमा तेस्रो स्थानमा राखेको छ ।

सुर्तीजन्य पदार्थ सेवन नियन्त्रणका लागि गत कार्तिक २२ गतेदेखि सुरु भएको अन्तर्रा्ष्ट्रिय अभिसन्धिको अनुमोदन गर्ने १८१ राष्ट्र सम्मिलित सम्मेलन आज सकिदैछ । सम्मेलनमा विश्वका तीन हजार भन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...