Loading...

लोडसेडिङ हटाउने कुलमानलाई कार्यलयमै छिर्न नदिने ट्रेड युनियनको वक्तव्यवाजी किन ?

 कार्तिक २६ काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणमा जिम्मेवारी सम्हालेको केही दिन भित्रै आश्चर्यजनक रुपमा लोडसेडिङ हटाएर काठमाण्डौं बासी लाखौ जनताको मन जीत्न सफल भएका कार्यकारी प्रमुख कुलमान घिसिङलाई कार्यलयमै छिर्न नदिने भन्दै काग्रेस एमाले सम्बद्ध विद्युत प्राधिकरणका कर्मचारी ट्रेड युनियनले चेतावनी दिएका छन् ।

 उनीहरुले विज्ञप्ति नै जारी गरेर विभिन्न माग सुनुवाई नभएको आरोप लगाउदै भर्खरै कार्यलयमा आएका कार्यकारी प्रमुख घिसिङलाई कमजोर तुल्याउने प्रयास गरेका छन् । उनीहरुले माग तथा विवादका विषयमा कुनै लिखित ज्ञापन पत्र नदिई एकाएक विज्ञप्ति जारी गरेर राजनीति गर्न खोजेको आरोप अन्य कर्मचारीहरुले लगाएका छन् । यस वक्तव्यवाजीको सामाजिक सञ्जालमा चौतर्फी विरोध भईरहेको छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका सह अध्यक्ष प्रमिला ढुंगाना र नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष राम कुमार थेवेले सयुक्त वक्तव्य जारी गरी कार्यलय प्रवेशमा रोक्ने चेतावनी दिएका थिए हेर्नुस विज्ञप्तिः

kulman

यसमा तपाइको प्रतिक्रिया

Loading...