Loading...

भ्रष्ट, दलाल र घुसखोरलाई नांगेझार पारेर जनतामाझ ल्याउन विप्लवको निर्देशन

जन्मदेव जैशी

कार्तिक २६ काठमाण्डौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्ट, दलाल, घुसखोरी , कमिसनखोरहरुलाई जनतामाझ नागेंझार पारेर जनताको माझमा सार्वजनिक गरी बहिष्कार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो पार्टी जनतालाई संकटका बेला साथ दिने पार्टी भएको दावी गर्दे उहाले दलाल र भ्रष्टहरुले गरीब जनताको पशिनाको मुल्यमाथि रजाई गरीरहेकाले उनीहरुलाई जनतामाझ नग्याएर बहिष्कार गर्नु पर्ने बताउनु भयो ।
राष्टिय युवा जनस्वयंसेवकले शुक्रवार देखि शुरु गरेको राष्ट्रका लागि युवा जागरण अभियानको उद्घाटन गर्दै महासचिव विप्लवले  पार्टी स्थापनाको दुई वर्ष नपुग्दै कार्यकर्ताको मेहेनत र जनताको मायाले गर्दा पार्टीले उचाई ग्रहण गर्दै गएको समेत बताउनु भयो ।  पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति बैज्ञानिक भएकाले जनताले आशाको रुपमा हेर्न थालेको भन्दै जनताको अपेक्षा पूरा गर्न उच्च त्याग र सासहसका साथ अघि बढ्न उहाले युवाहरुलाई निर्देशन दिनु भयो । अहिले देशभर जनताले दुखः पाएका बेला विप्लव माओवादी खोज्ने गरेको भन्दै उहाले उनीहरुको माया र आशालाई विस्वासमा बदल्न ईमान्दारीपूर्वक खट्न विप्लवले निर्देशन दिनु भयो ।

कार्यक्रममा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले ‘एकीकृत जनक्रान्तिको बैज्ञानिक कार्यदिशालाई गाउँ र शहरसँग जोडेर हामीले मौलिक क्रान्ति गर्नु पर्ने र यसमा युवाहरुको निर्णायक र महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नु भयो ।

कार्यक्रममा माओवादी स्थायी समिति सदस्य एवं भ्याली व्यूरो ईन्चार्ज सन्तोष बुढाले पनि संवोधन गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...