Loading...

देउवा र दलाई लामाका प्रतिनिधको फोटो जोडेर प्रचार गरियो : काग्रेस

काठमाण्डौ ,२६ कार्तिक ।

नेपाली काग्रेसले सभापति शेरबहादुर देउवा र दलाई लामाका प्रतिनिधिको फोटो जोडेर प्रचार गरिएको जनाएको छ ।

भारत भ्रमणको क्रममा तिब्बतका धर्मगुरु दलाई लामाका प्रतिनीधिसँग भेट गरेको भन्ने समाचार सार्वजनिक भएपछि काग्रेसले आज विज्ञप्ती निकालेर फोटो जोडेर अनावश्यक प्रचार गरिएको जनाएको हो ।

लामाका प्रतिनीधिलाई भेटेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएको भन्नेबारेमा समाचार प्रकाशन प्रसारण गरेर नियोजित रुपमा अनर्गल प्रचार गरिएको भन्दै खण्डन गरेको छ ।

विज्ञप्तीमा भनिएको छ , सो कार्यक्रममामा दर्शक दिर्घामा को को बसेका थिए , कहा बसेका थिए त्यो सभापति देउवालाई थाहा छैन र सोध्ने कुरा पनि भएन तर सन्चारमाध्यममा फोटो जोडेर समाचार आयो ।

यस्तै काग्रेस र सभापति देउवा एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र पञ्चशील सिद्धान्तमा कंग्रेस दृढ रहेको उल्लेख छ ।

भ्रामक र कपोकल्पित प्रचार गरी चीनसँगको सम्बन्धमा भ्रम सिर्जना गर्ने दुष्प्रयास भएको भन्दै कंग्रेसले यसलाई दुर्भाग्यपूर्ण भनेको छ ।

11112016052016press-1-600x0

यसमा तपाइको प्रतिक्रिया

Loading...