Loading...

धेरै चुरोट खाने पुरुषमा नपुंसकता हुन सक्छ

काठमाण्डौ, २६ कार्तिक ।

पुरुषहरुमा देखिने विभिन्न यौनसमस्या मध्ये नपुंसकता पनि एक हो । तर नपुंसकता के कारणले हुन्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

पहिले यौनसम्वन्ध राख्दा कुनै समस्या नदेखिएपनि पछि तपाईलाई नपुंसकता हुन सक्छ । नपुंसकता नहुनको लागि पुरुषको यौनाङ्गमा रक्तसंचार गर्ने रक्त नलीहरु र नसाहरु स्वस्थ्य हुनु आवश्यक छ । कुनै कारणवस यौनाङ्गमा उत्तेजना ल्याउन आवश्यक पर्ने नसाहरुले राम्रो काम गर्न सकेनन भने नपुंसकता हुने चिकित्सक बताउछन् ।

धेरै धुम्रपान गर्ने बिरामि र मानसिक समस्या भएकाहरुको बच्चा नहुने अर्थात नपुंसकता हुने सम्भावना बढी छ । सबैभन्दा बढी मधुमेहका विरामीहरु र मदिरा पानको लत लागेका पुरुषहरुमा यो समस्या हुन्छ । जब कुनै कारणले यौनाङ्गमा जाने नशा निश्क्रीय भएमा नपुंसकता हुन्छ ।

खानपानका कारणले नै बिशेष यसलाई प्रभाव पार्छ । कोलेस्टेरोल र निकोटिन (चुरोट)ले रगतका नलीहरुलाई सागुरो गराउने र नपुंसकता हुने डा कपिल देव उपाध्यायको भनाई छ ।

चुरोट पिउनेहरुको मुखमा छिटो चाउरी पर्छ वास्तविक उमेर भन्दा बुढो देखिन्छ मुटुमा रक्त संचार गर्ने नलीहरुलाई खुम्चाउछ र ह्दयघात गराउन सक्छ र यौनाङ्गका रक्त नलीलाई खुम्च्चाएर नपुंसक बनाउन सक्छ । लिङ्गमा उत्तेजना आउनु भनेको लिङ्गमा रगतको राम्रो संचार हुनु हो र रगतका नलीहरु खुम्चिएर आवश्यक मात्रामा रगतको प्रभाह हुन सकेन भने लिङ्गमा हुनु पर्ने उत्तेजना र कडाइपन हुदैन र कडाइपन नै नभएको लिङ्गवाट यौन सम्वन्ध सफल हुन सक्दैन ।

त्यस्तै गरेर रगतका नलीहरुमा वोसोको लेउ लाग्यो भने रगतको नली साघुरीदै जान्छन । वोसोको लेउ लाग्ने भनेको कोलेस्टेरोल हो । कोलेस्टेरोल हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व हो तर चाहिने भन्दा यसको मात्रा वढी भयो भने यसले रगतका नलीहरुलाई साघुरो बनाउँदै जान्छ । रगतका नली साघुरिएर ७०५ वा ८०५ ब्लक भएका छन र मुटुमा रगत पु¥याउन सकेका छैनन भन्ने हामीले सुन्ने गरेका छौ । मुटुमा राम्रोसँग रगत संचालन भएन भने ह्दयघात हुन्छ ।

त्यस्तै गरेर यौनाङ्गमा जाने रक्तनलीले यौन सम्वन्ध राख्ने इच्छा भएको वेलामा आवश्यक मात्रामा रगत लिङ्गमा पु¥याउन सकेनन भने नपुंसकता हुन्छ । अर्थात रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ भने रगतको नलीहरु साघुरीन्छन र नपुंसकताको साथै अन्य विभिन्न स्वास्थ्य समस्याहरु आउन सक्छन ।

यस्तै धेरै तनाब लिने र चिन्तामा परिरहने ब्यात्तिमा पनि नपुंसकता हुन सक्छ ।

चुरोट नखाने कोलेस्टेरोललाई नियन्त्रणमा राख्ने र मानसिक तनावलाई सकेसम्म कम गर्न सक्यो भने तनावका कारण हुनसक्ने यौनसमस्या पनि हुदैनन ।

धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त वढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्नसक्ने शक्ति कम गर्छ ।

अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्वन्धि रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदी हुन ।
यौनसमस्या मानसिक तनाव, ज्यादै थाकेका, श्रीमान श्रीमतीबीच राम्रो सम्वन्ध नभएका कारण पनि हुन सक्छ । सकभर मानसिक तनाव कम हुने तरिकाहरु अपनाउन र पारिवारीक जीवन सौहार्दपूर्ण बनाउने प्रयास गुर्नपर्छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...