Loading...

छिमेकीसँगको सम्बन्ध सुधार्न सरकार सफल

काठमान्डौ ,कात्तिक २६ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेदेखि नै असन्तुष्ठ मधेसी थारु समुदायलाई सहमतीमा ल्याउने प्रयास गरिरहेको बताउनु भएके छ ।

सबै दलसँगको परामर्शपछि असन्तुष्ठ पक्षको माग संबोधन गरि संबिधान संसोधनको तयारी भएको भन्दै प्रधानमन्त्री दाहालले तोकिएकै मितिमा तीन तहको निर्वाचन गर्ने तयारीमा सरकार लागी परेको बताउनु भयो ।

दाहालले यही कात्तिक महिनाभित्रै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने बताउनु भएके छ । सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसदमा लैजाने बताउनु भयो ।

आफू नेतृत्वको सरकारको १ सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छिमेकीमुलुकसँगको चिसिएको सम्बन्ध कुटनैतिक तरिकाले सुमधुर बनाउने प्रयास गरेको पनि उहाले बताउनु भयो । सरकार गठन भएलगत्तै दुई उपप्रधानमन्त्रीलाई भारत र चीनमा पठाएर सम्बन्ध मजबुत बनाउने काम गरेको प्रधानमन्त्रीले बताउनु भयो ।

आफ्नो भारत भ्रमणका क्रममा पनि नेपाल भारतबीचको सहयोग आदनप्रदान , बिभिन्न आयोजनाहरुको निर्माणकार्यलाई गति दिने बिषयमा छलफल भएको र त्यो सफल पनि भएके बताउनु भयो ।
आफ्नो भारत भ्रमणपछि हाल रोकिएका तथा निर्माणमा ढिलासुस्ती भईरहेका आयोजनाले गति पाएके उहाको भनाई छ ।
यस्तै हाल संसदमा प्रस्तुत अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाअभियोग प्रस्तावमा पनि सबै दलको सहमतीबाट पारित गराउने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...