Loading...

विकास निर्माणमा सामुहिक रुपमा लाग्न प्रमको निर्देशन

कार्तिक २६, बिराटनगर।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना समयभन्दा अगावै सम्पन्न गराउन सरकार क्रियासिल रहेको बताउनु भएको छ ।

विराटनगर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यस्ता आयोजना सम्पन्न गराउनतर्फ आ आफ्नो क्षेत्रबाट प्रभावकारी काम गर्न पूर्वी क्षेत्र र मोरङ जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई सामुहिक निर्देशन दिनुभयो ।

विकासका दृष्टिले नेपाल पछि परेको भन्दै उहाले देशको समृद्धिलाई केन्द्रमा राखेर विकास तथा आयोजनाका काम अघि बढाएको बताउनु भयो ।

समयमै गुणस्तरीय काम गर्ने आयोजना र कर्मचारीलाई पुरस्कृत हुनेछ। राम्रोका लागि प्रतिस्पर्धा गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको उहाले बताउनु भयो ।

प्रधानमन्त्रीले संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जानू सरकारको संकल्प रहेको भन्दै संविधान कार्यान्वयन नभएर देश राजनीतिक र संवैधानिक संकट आउन नदिन सरकार संवेदनशील रहेको बताउनुभयो। आजको युग विकासका लागि प्रतिस्पर्धाको युग भएको भन्दै नेपालमा पनि विकास र समृद्धिमा प्रतिस्पर्धा गर्नु अनिवार्य भएकोमा प्रधानमन्त्रीले जोड दिनुभयो।

कार्यक्रममा नेपाल सरकारका निमित्त मुख्य सचिव टंकमणि पौडेलले जनसेवालाई केन्द्रमा राखेर काम गर्न र विकास खर्चको सामर्थ्य बढाउने गरि काम गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणबारे प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो।

यसमा तपाइको प्रतिक्रिया

Loading...