Loading...

धरानमा डेंगु संक्रिमित भेटीए,सर्तक रहन चिकित्सकहरुको सुझाव

धरान कार्तिक २६ । सुनसरीको धरान क्षेत्रमा डेंगु संक्रमितको सङख्या बढेको छ । धरान १८ स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागी पुगेका धरान १६ की १३ बषर््िाया बालिका जीना राईलाई डेंगु संक्रमण पुष्टि भएपछि सो क्षत्रेमा डेंगु संक्रमितको संख्या बढेको हो । ज्वरो आएपछि प्रतिष्ठान अस्पतालमा  उपचारका लागि पुगेका राईमा डेंगु संक्रमण देखिएपछि प्रतिष्ठानका टोलीले रगत परीक्षण गरेको थियो ।
रगत परीक्षणबाट डेंगु प्रमाणित भएको प्रतिष्ठानका बाल रोग बिशोषज्ञ डा. अरुण कुमार सिंहले  जानकारी दिनुभयो । डा. सिंहका अनुसार डेंगु अहिले महामारीका रुपमा फैलिएकोले सबै जनमानसमा सर्तक रही नियमित घरवरपर सरसफाई गर्नुका साथै नियमित झुलभित्र सुत्न आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...