Loading...

अग्नीधर बा र प्यासी प्रेतआत्मा …एक भयानक रहश्यमय घटना

अध्यारोले रात छपक्कै छोपीसक्दा , कोही तपाईहरु दिनभरी थाकेको शरीरलाई निन्द्धा देबीको काखमा सुम्पीरहदा, कोही दिनभरीका सुखदुखका गन्थन मन्थन एक आपसमा साट्दै हुनुहुन्छ अनि कोही निन्द्धाले झुमझुमराखेको आखालाई टेलीभीजनको रंगीन पर्दामा जोध्नुभएको छ,
तर तपाईको घरको भोटेकुकुर घरको रक्षाको लागी घरको चारैदिशा घुमीरहेको छ,….हो यस्तै बेलामा सुनीन्छ त्यो रहस्यपुर्ण आवज, अनि देखीन्छ त्यो रहस्यपुर्ण शरीर अनि काप्छ तपाईको मन यस्तै बेलामा उनिन्छ त्यो रहस्यको जाल सबै अप्र्याताशीत तर पनी स्वीकार्नुपर्छ त्यो क्षण र चाल्नुपर्छ गोटी ५५५ को नत्र त्यही जालमा फसीन्छ,
आजको यो अद्धश्य संसारमा यस्तो घटनाको चिरफार गर्ने चाजो पाजो मीलाईसकेको छु जुन घटना भीत्र रहस्यनै रहस्यको जालो छन् ।

बि.स. २०१० देखी २०१२ सालतीर स्या¨जा जील्लाको दरमसीरवारीमा भएको घटना हो यो , जहा ५ जना बुढा मानिसको लास भेट्रीएको थीयो साथमा भुत साहीलाको ५३ जालको खाल अनि अग्निधर बाले चालेका थीए ५५५ को गोटी

अग्नीधर बा अन्दाजी ५० बर्षका साथमा १ श्रीमती छोरा बुहारी अनि २ नाती नातीनाका हजुरबुबा हुन उनी गाउमा सबैले अग्नीधर बा भनेर चिन्थे उनलाई । उ बेलाको कुरा सबैको घरमा २,४ वटा गाई वा भैसी नभएको भर कमै पाईन्थयो अनि राती गोठ बस्ने चलन,दुध दुहुने आगो ताप्ने अनि बस्तुको स्याहार सुसार यस्तै थीयो अग्नीधर बाको दिन चर्या, कहीले उकाली कहीले ओराली घास दाउरा अनि भन्ज्या¨ चौतारी यस्तै थीयो अग्नीधर बाको जीबन जीउने तरीका

एक दिनको कुरा हो………………………

रातको करीब ९ बजे माघ महीना ताका अग्नीधर बा गोठबासमा दुध बसाली आगो तापेर बसेका थीए , त्यसतैमा अलीपर केराघारीमा खस्यारया¨ खुसरु¨ आवज सुरुमा त त्यती ध्यान दिएनन उनले अझ बढी चर्को स्वरले दुई बुढा मानिसको आवज सुनीन थाल्यो । अनी को रैछ हेरौनत भनी केराघारीतीर लागे अग्नीधर बा , तर केराघारीमा पुग्दा कोही पनि रहेनछ अनि ह्या म पनि भनि आफैलाइृ हुस्सु ठान्दै दुध बसालेको ठाउमा आए अग्नीधर बा तर दुध बसालेको ठाउमा आउदा बलीरहेको दाउरा एउटा पनि रहेनछ । र आगो सल्काउनको लागी २,४ वटा चिरपाटे दाउरा लीनको लागी उनी दाउराको हारतीर लागे अनि दाउरा ल्याएर आगो पनि सल्काए । अब दुध चलाउन पर्यो भनि डाडु कराई तीर लान्छन त कराईभरीको दुधै छैन अब भने बुढा बेहोस हुन मात्र बाकी थीयो । यस्तैमा अन्दाजी ३० बर्ष जस्तो देखीने एक युवक बाटबाटै आएर चिनेझै भन्न थाल्यो – अग्नीधर बा सन्चै हुनुहून्छ ?
अ सन्चै छु को हौ तीमी मैले त चिनिननी , अ बा मलाई हतार छ पछी भेटौलानी भन्दै आफ्नो बाटो ततायो त्यो युवकले ।

केराघारीको त्यो अष्पस्ट आवज कस्को थीयो? अनि काहा गयो त बलीरहेको दाउरा अनि कता हरायो त कराईभरीको दुध आखीर को थीयो त त्यो मानिस ? तपाईको मनमा यी सबै प्रश्नहरु सलबलाई रहेका छन तर नआत्तिनुहोस तपाईको यी सबै कौतुहलतालाई मेटाउनको लागी मैले सम्पुर्ण तयारी गरीसकेको छु
समय बीत्दै थीयो आफ्नै तालमा दिनले रातको भत्तँ खान्थ्यो अनि रातले दिनको भत्ता खान्थ्यो अब त भर्खरैका नवजात शीशुले तातेताते गदै यो काहाली लाग्दो सासंरीक यात्रामा आफ्नो यात्रा तय गरीसकेका थीए तर अग्नीधर बाको भने चाउरी गालाले मात्रै परीबर्तनको आभास दीलाएका थीए उनको दैनीक काम क्रीया उही थीयो गाई बस्तु चराउने अनि गोठ बस्ने,
हो आज पनि अग्नीधर बा गोठबासमा दुध तताएर बसेका थीए घडीले पनि रातको ११ बजाईसकेको थीयो एक्कासी आकास मडारीयो बादलहरु गर्जन थाले चल्यो ठुलो आधीबेहरी अनि छुट्यो पानिको मुस्लो र रातलाई नै हाहाकार मच्चाईदियो एक्कासी भएको प्रकृतीको खेलले । अग्नीधर बा के गर्ने के के नर्गनी भए रातको समय र हत्तपत्त दुध लाई गौवातीर खनाएर आगो नीभाउन थाले र छेवैको गुन्द्धी तानी माथी टाटबाट थाउनो ओछ्याएर सीरकको गुटमुटाईमा चीतकार पुर्ण रातलाई धकेल्न थाले अग्नीधर बा..।…रात छीप्पीदै थीयो र त्यसै त्यसै पानीका बलीन्धरा संगै नीकै भयाबह आवजहरुले रातलाई गुन्जाईरहेको थीयो । मध्य रातको १२ पनि बज्यो अब त अग्नीधर बा निन्द्धादेबीको काखमा डुबुल्की मारीसकेका थीए ।
यस्तैमा ढक ढक आवज ढोकामा तर पनि अग्नीधरबा उठेनन उनलाई नीन्द्रा देबीले मज्जाले आफ्नो बहुपासमा लीईसकेकी थीईन । लगातर सम्मको ढकढकाई ले गर्दा अन्तत अग्नीधर बा ढोका खोल्न पगुे । ढोका खोलीसकेपछि उनको अगाडी अन्दाजी २४ बर्षीय युवती पानीले चुर्लुम्मै रुजेको अबस्थामा देखे त्यो रुजाईमा युवतीका यौवनका अंगहरुलाई राम्रै संग नियाल्न सकीन्थ्यो ।

अग्नीधर बा–………….यती राती काहा गएर आएकी को हौ नानी तिमी ?
युवती–…………………अ हेर्नुस न डाडाघरे साईली आमाको घरमा गएर आएको आउदा आउदा रात पर्यो पानीले पनी छोपीहाल्यो लौन आजको रात यतै बास दिनुहोसन,

अग्नीधर बा उमेरले त पक्कै बुढा भईसकेका थीए तर उनको मन १६ बर्षे तन्नेरीको भन्दा पनि कम थीएन रातको समयमा तो पनि युवती बास माग्न आउदा नदिने त कुरै थीएन
अग्नीधर बा–……………भईहाल्छनी आउन भीत्रै आउ अब यस्तो रात परीसक्यो यतीबेला काहा जान्छ्यैत ठाउ अब यस्तै छ । जसोतसो गारो सारो अफ्ठ्यारो मान्न पर्दैन अ नानी तीमी यता खाटतीर सुत म भुईमा पल्टीन्छु
युवती–………. अ हजुर पनि म काहा खाटमा सुत्नु म बरु भुईमा सुत्छु हजुर खाटमा जानुनी
अग्नीधर –…… के भनेकी नानी म नानीलाई भुईमा सुताउ यो हुन सक्दैन
युवती–………. त्यसो भए आउनुहोसन त खाटमा सगै सुतौ
अग्नीधर बा–….. हुन त हो जाडो पनि छ के भुई र खाट

यसरी भुई र खाट भन्दा भन्दै अन्तत दुबै जना खाटमा पल्ःटीन पुगे र खेल्न थाले योन लीलाको रमाईलो खेल ।

र भोली बीहान
युवती – ………… मेरो राजा अब म जान्छु है बस्दै गर्नु ल
अग्नीधर बा–……. के जाने कुरा गरेकी नानु बसन मलाई छाडेर जान्छ्यौ त?
युवती – ………….काहा म छाडेर जान लागेकी हु र आईहाल्छुनी
अग्नीधर बा– ……..आउदै गर ल
यसरी युवती आफ्नो बाटो लाग्छीन तर अग्नीधर बा भने उनकै पर्खाईमै हुन्छन् उनलाई घडीका एक एक सेकेण्ड पनि लामो लाग्न थाल्छ उनी एउटा अन्धो प्रेममा फसीसकेका हून्छन् ।
तर पनि समय उनलाई छक्याइृ छक्याई भागीरहेको थीयो र दिनले पनि कोल्टे फेरो अनि भयो फेरी रातकै सेरोफेरो । अग्नीधर बा सदाझै त्यही गोठबासमा आगो ताप्दै हतारीएका मनमा त्यही युवतीको आगमन खोज्दै यौनपीपाशु लोभी आखाले युवती आउने बाटोमा फुल ओच्छायाई रहेका थीए । त्यसतैमा अचानक तीनै योवनकी राजकुमारी फेरी पनि आईन यौनलीलाको रमाईलो खेल खेल्नको लागी । अग्नीधर बा पनि मर्ने बेलामा हरीयो काक्रो भनझै मजैसंगै मच्चीए यौनरसलीगें पी¨मा । यो क्रम अब एक दुई दिन मात्र होईन हरेक दिन चल्न थाल्यो महीनौ सम्म तर पनि जोस उही थीयो रंग उही थीयो , मन पनि उही थीयो तर हो तर तर शरीर उही थीएन आखा गडीसकेको थीयो शरीर सबै पहेलो भएको थीयो । भरीपुर्ण ज्यान अब गलीसकेका थीए मात्र हाड छाला मात्र बाकी थीयो ठ्याक्कै अस्थीपञ्चर जस्तै । बल्ल बुढाको यौनपट्टी आखा खुल्न पुग्यो र युवती प्रतिको नसालु हेराई पनि अब शंकालु हुन पुगे र अग्नीधर बाको । मनमा एउटै प्रश्नले डेरा जमाउन थाल्यो आखीर ती युवती को हुन त अनि कीन एक्कासी उनी दुब्लाउदै र रोगाउदै जानुको कारण के हुन सक्छ ?

कतै त्यो युवती कीचकन्या त होईन ???????कीच कन्या त होईन???

अन्तत उनको मनमा यही मानसिकता नै भरीन थाल्यो अनी

अग्नीधर बा –…………..अह यसरी हुदैन अब केही न केही त गर्नै पर्यो तर के गर्ने अ काईला पण्डीतकाहा जान्छु खै उनी त म मसान खेलाउछु भन्थे जानपर्यो त्यतै तीर………………………………………………….
पण्डीत–…………..ए भनेपछि कुरा यस्तो पो ल आत्तीनु पर्दैन तर म सग एउटा काचको धागो छ यी ए लीनुस र सुन्नुस ,यो धागो उसले थाहा नपाउने गरी ढाडमा बाधीदीनु नहडबडाई कन कुरा बुझ्नु भयो ल जानुस

काइला पण्डीतको यस्तो अर्ती पाएपछी भने अग्नीधर बा मा केही साहास आयो र उनले पनि बुन्न थाले ५५५ को गोटी त्यस रात पनी अग्नीधर बा गोठबासमा दुध तततएर आगो तापेर बसेका थीए अग्नीधर बा रातको त्यसतै १० बजेको समय थीयो ………………………………………………………………………………..

एक्कासी गोठबासको ढोका ढकढक्ीन पुग्यो ढकढक तर अग्नीधर बाले त्यसको कुनै वास्ता गरेनन् फेरी पनि ढोकामा आवज ढकढकीरह्यो र युवतीको बडो मोहनीराग अनुरोध पनि आईरहेको थीयो ।

युवती–……………..मेरो राजा ढोका खोल न , म आई पुगे क्या
अग्निधर बा–…. ….पख है म दुध चलाउदै छु ,
युवती –……………ह्या आफुलाई कस्तो हतार भै सक्यो ,
अग्निधर बा–………है के किन हतारिकी ? एकछिन कुर्न सक्दैनौ ?

युवतीले सोची बुढाले कति खेर ढोका खोल्ने हो बरु आफु ढोका धकेलेरै भएपनि भित्र पस्छु भन्दै कुमले ढोका धकेल्दै सिधै अग्निधर बाको अस्थिपञ्जर मात्रै बाकी रहेको कसिलो हाडमा बेरिन पुगिन् । र टाउको मुसार्दै लाडिदो पारामा

युवती –…………..राजा ,
अगिनधर बा–…… हु , के भयो ?

युवती –………….कस्तो के तिमी पनि बुझन मान्छेलाई कस्तो हतार भैसक्यो
अगिनधर बा–….. तिमीलाई त्यो बाहेक अरु कुरा गर्न आउदैन् ?
युवती –………….के स्वाङँ¨ पार्छौ तीमी पनि त्यही गहुतको झोल भनेपछि हुरुक्क हुन्छै अम यता हेरत
अग्नीधर बा –……ए के गरेकी यस्तो
युवती–…………..के गर्नुनी देखेनौ ल अझै हेर

यसरी हो यसरी युवतीले अग्नीधर बा लाई बेसस्री आफ्नो अंगालोमा तान्दै उसका अस्थिपञ्जर छालैमा भएपनि आफ्नो अधिकार जमाउन थाल्छिन् , अग्निधर बा पनि के कम , बुढ्यैलीको जोशलाई राम्रै सग प्रयोग गर्न थाले तर आज उनको जोशमा होश पनी मीशीएको थीयो । युवती कामबासनामा मदहोस भईसकेकी थीई उता अग्नीधर बा भने कामबासनालाई आत्मनीयन्त्रण गर्दै बडो सम्यतापुर्बक काईला पण्डीतले दीएको काचको धागो लाई युवतीले थाहै नपाउने गरी ढाडमा बाधीदीन पुग्छन् ।।
रातभरीको नीकै घम्साघम्सी पछी एक बीहान ५ बजे ती युवतीले बाटो तताईन…अग्नीधर बा त्यही क्षणको पर्खाईमा थीए कीनकी आज उनलाई जान्नु थीयो त्यो युवती भीत्रको रहस्य जान्नु थीयो आफु दुब्लाउदै जानुको कारण अनी जान्नुथीयो आखीर ती युवती को हुन कतै काईला पण्डीतले भनेझै कतै कीचकन्या त होईन कतै कीच कन्या त होईन ?

बीहानको ५ बजे जाडो महीनाको समय भएर पनी होला मुटु छेड्ेने जाडो अनी बाहीर हुस्स कुहीरो लागेको त्यो बीहानलाई रातले छोड्नै मानेको थीएन त्यही भएर होला अध्यारो अझै बाकी थीयो । युवती सेतो सारीमा खुट्रटामा पाउजु बजाउदै यसरी हीड्दै गईकी मानौ कुनै बीश्व सुन्दरी प्रतीयोगीतामा रातो कार्पेत माथी क्याट वाक गर्दै छे अनी अग्नीधर बा आस्कोटको खोल्टीमा सलाईको बटा राखी हातमा चम्चमाउदो खुकुरी बोकेर त्यो युवतीको ढाडमा बाधीएको काचको धागोलाई पछ्याउन थाले ।

युवतीलाई पछ्याउने क्रममा उनी युवतीको ढाडमा बाधीएको काचो धागो समाउदै जंगलको बाटो हुदै एउटा नदीको त्यो मुहान सम्म पुगे जहा जादै गर्दा बीचबीचमा अजीब अजीबका आवजलाई उनले सुन्न पुगे घरी बीरालो एक मासमा रोईरहेको सुनीन्थ्यो धरी कागहरुको का का का भन्ने आवजले कानै फुटाउला जस्तो घरी कसैको मलामी जादा बजाईएको संखको आवज सुनीन्थ्यो अनी जती जती त्यो नदीको मुहान नजीक पुग्दथे उती उती उनलाई कुनै पुराना कुराहरुले सताईरहेको उनलाई आभास भयो तर पनी उनी मनलाई दरो पार्दै अगाडी बढीरहे त्यो काचो धागोको अन्तीम गन्तब्यमा अन्तमा उनी छक्क परे आकाश खसे जस्तै लाग्यो उनलाई आफै टेकेको धर्ती भासीयो जस्तो लाग्यो । त्यो युवतीको ढाडमा बाधीएको काचको धागो अहीले कुनै मुर्दा शरीरबाट पोल्दा पोल्दै उछीटीएको हडीमा बाधीएको थीयो । उनी एकछीनत न केही बोल्न सके न केह गर्न सके अनी उनको शरीर काम्न थाल्यो खुटा डगमगाउन थाले त्यत्तीकैमा झट उनले काईला पण्डितले भनेको सम्झे …हेर अग्नीधर यो काम नीकै सुरो भर गर्नुपर्छ जस्तो सुकै जे देखेपनी जे भएपनी तीमी डरायै भने तीम्रो ज्यानलाई नै खतरा हुन सक्छ जती सुकै डर लाएपनी त्यो डरलाई मनभीत्र लुकाएर राख्नु र हीम्मत का साथ त्यसलाई नस्ट गर्नु बुझ्यै

काईला पण्डीतले भनेका यि कुराले अग्नीधर बाको मनमा हीम्मत दीयो अनी उनले आस्कोटमा राखेको सलाईको बटा झीके अनी कोरेर फ्याल्न पुगे त्यही हड्डी माथी । अनी जसै हड्डी जलेर जसै नस्ट हुदै थीयो त्यहा ठुलो आगोको मुस्लो देखीयो अनी त्यही मुस्लो भीत्र नजानीदो त्यही युवतीको आकृत्री पनी , जुन कुरा कथामा पढीन्छ फील्ममा देखीन्छ ती कुराहरु ऋाफ्नै अगाडी देख्दा अग्नीधर बाको मुटुले ठाम छाड्यो तर पनी उनले त्यो क्षणमा डरलाई धेरै नै जीतीसकेका थीय वा भनौ त्यो डरलाई मनभीत्रै दबाएका थीय त्यो अग्नीधर बा नै जानुन तर पनी उनको अनुहारमा डर थीएन एउटा जीज्ञासा थीयो उनी जीज्ञास भीत्र लुकेको बदलाबको भाबना पनी

आगोको कालो मुस्लो भीत्र ती सुन्दर युवती जसले अग्नीधर बाको यौन भोक मेटाईदीएकी थीई आज त्यही युवती आफ्नै अगाडी आफ्नै हातबाट जलीरहेको देख्दा अनी त्यो युवतीको चीतकार पुर्ण गुहार मीश्रीत आवजलाई सुन्दै गर्दा एकैछीन त अग्नीधर बाको मन पनी पग्लीयो अनी अनायसै उनी पनी बौलाउन थाले र त्यही मुस्लोमाथीबाट युवतीलाई तानौला झै गर्न थाले अग्नीधर बा र युवतीलाई बचाउन भनी उनको हात मात्र के समातेका थीए अग्नीधरले उनलाई यस्तो अनुभुती भयो उनले कुनै युवतीको हात होईन काडै काडा भएको गुलाबको बुडको हागा समातीरहैका छन । अनी एक्कासी उनको हातवाट एक्कासी रगत बग्न थाल्यो उनको शरीरमा मुई मात्र खाने त्यो युवती अहीले अनुहारको पुरा आकृत्रीनै बदलेर उसलाई कोर्पन थाली जस्तै की कुनै भोकी बाघीनीले हरीणलाई लुछीरहेकी छे ।

यी सबै कुराहरु ऋाफ्नै अगाडी भईरहदा स्यम्ब आफुपनी त्यो भयानक परीस्थीतीको सामना गर्दैगर्दा अग्नीधरबालाई अर्कै संसारमा पुगेको अनुभुती जुन संसारमा यस्ता कुराहरु दीनहु भईरहन्छन । त्यसैले पनी अब उनको मनमा डर होईन एउटा मुक्ती खोजीरहेको थीयो । अनी एकै झटकामा अर्को हातमा रहेको चम्चमाउदो खुकुरी झीकेको प्रहार गरीदीय त्यो युवती माथी जुन प्रहारलाई सहन नसकी युवतीको त्यो अली लअी बाचीकुचीरहेको आत्म पनी अब जीबीत रहेन र त्यो अशान्त आत्माले शान्ती पायो ।त्यो अशान्त आत्मको मुक्तीको समयमा आकाश पनी यसरी गर्जीन पुग्यो की जसले चट्यागको परेको आभास दीलाउथ्यो । त्यो आत्माले त शान्ती पायो तर त्यो आत्माले जसै शान्ती पायो अग्नीधरको मनभने झनै असान्त हुन पुग्यो कीनकी त्यो युवती अरु कोही नभएर आफ्नै .भाउजु .थीईन ।

आखीर अग्नीधरबाकी आफ्नै भाउजु कीचकन्या कसरी ? अनी लोभलाग्दो २२ बर्षीय युवतीबनेर ५३ बर्षीय आफ्नै देवर सगको यौनलीला कीन । अनी काहाछन त अग्नीधरबा का दाई आखीर यी सबै घटनाभीत्रका वास्तबीकता केहो तपाईको मनमा यी सबै कौतुहलताले डेरा जमाईसकेको छ तर यी सबै कौतुहलतालाई हामी मेटाउदैछौ । ………………….अर्को अंकमा प्रकाशन हुने दोस्रो भागबाट

अनुमतीबिना कोहि कसैले यसलाई साभार गरेर सन्चारमाध्यममा प्रकाशन ,प्रशारण नगर्नुहोला ।

यसमा तपाइको प्रतिक्रिया

Loading...