Loading...

हिन्दुराष्ट्रको सवाल प्राथमिकताका साथ उठाउनुपर्छ : थापा

काठमाडौ २६ कार्तिक ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमा हिन्दुराष्ट्रको सवाल प्राथमिकताका साथ उठाउनुपर्ने बताउनु भएको छ ।

मिडिया नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधनको विषयमा व्यापक छलफल आवश्यक रहेको समेत बताउनुभयो ।

पछिल्लो समय लोभ लालच देखाएर संगठित रुपमा धर्मान्तर गराउने गिरोह लागि परेकाले त्यसलाई तुरुन्त रोक्नु पर्ने उहाँको भनाई छ ।

अध्यक्ष थापाले वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीति कायम गर्न नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकारले परराष्ट्र नीति भारत केन्द्रित गरेको आरोप समेत लगाउनु भएको छ ।

नेपालले सबै देशसँग समान कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने भन्दै उहाँले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...