Loading...

महाअभियोग प्रस्ताव पारित हुन ढिलाई हुने संकेत

काठमाडौ ,२६ कार्तिक ।
संसदको महाअभियोग सिफारिस समितिको कार्य्विधि टुंगो लाग्न नसकेपछि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न ढिलाई हुने भएको छ ।

कार्यविधिलाई अन्तिम रुप दिन भन्दै आज बिहान बसेको महाअभियोग सिफारिस समितिको बैठकमा बिना निष्कर्ष टुङ्गिएपछि महाअभियोग प्रस्ताव पारित गर्नमा ढिलाई हुने भएको हो ।

समिति अन्तरगतको कार्यविधि मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदन टुंगो लगाउन बोलाएको बैठक समितिका सदस्यहरुलाई अध्ययन समय भन्दै मंसिर २ गतेसम्मका लागि स्थगित भएको छ ।

संसदको पूर्ण बैठकले काकीविरुद्ध अनुसन्धानका लागि महाअभियोग प्रस्ताव पठाउनु अगावै कार्यविधि पारित गर्ने समितिको तयारी थियो । उपसमितिले अख्तियारमा समेत छापा मार्न सक्ने गरी आफ्नो कार्य्विधि समितिमा प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...