Loading...

प्रधानमन्त्री दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमान्डौ कात्तिक २६ ।
आफू नेतृत्वको सरकारको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहाल प्रधानमन्त्री भएको आज सय दिन पुरा भएको छ ।

अपरान्ह ४ बजे सिंहदरवारबाट सरकारको कामकारवाही, उपलब्धि र आगामी योजनाबारे सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । दाहाल नेतृत्वको सरकारले सय दिन पुरा हुँदा समेत तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै मधेशी मोर्चाले पुनः आन्दोलन थालेको छ ।

उनीहरुले आजको संसद बैठक बहिस्कार गर्दै माग सम्बोधन नभएसम्म सदनमा उपस्थित नहुने बताएका छन् । यस्तै सरकारले संविधान कार्यान्वयनको ठोस योजना ल्याउन सकेको छैन भने निर्वाचनको मिति समेत घोषणा गर्न सकेको छैन ।

यद्यपी संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउन उच्च अदालत स्थापना गरिएको विषय सरकारको मुख्य उपलब्धी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यस्तै प्रशासन पुनः संरचनाका लागि कामहरु भइरहेको र स्थानीय तह पुनःसंरचना आयोगको कामकारवाहीलाई सहजीकरण गरिएको जनाइएको छ ।

प्रमुख एजेण्डाहरुमा ठोस प्रगति हासिल हुन नसकेपनि सरकारले कालोबजारी र महंगी नियन्त्रण गर्न भने सफल भएको दावी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...