Loading...

मधेसी मोर्चाद्धारा संसद बैठक बहिस्कार

काठमाण्डौ ,२६ कार्तिक ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका मधेस केन्द्रित दल आवद्ध संघिय गठबन्धनले आजको संसद बैठक बहिस्कार गरेको । वर्तमान सरकार गठनका बेला भएको तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै गठबन्धनले बैठक बहिष्कार गरेको हो ।

बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै सघिय समाजवादी फोरम नेपालका सा्रसद अशोककुमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म संसद बैठकमा सहभागी नहुने बताउनु भयो ।

संविधान संशोधन सहितका सम्झौता कार्यान्वयन गर्न सरकार उदासिन देखिएको भन्दै उहाँले आफूहरुको माग पूरा नभएसम्म सदनको कुनैपनि कारबाहीमा सहभागी हुन नसक्ने जानकारी गराउनु भयो ।

राईले सरकारले आन्दोलनमा लागेका मुद्धा फिर्ता नलिएको, अझै पक्राउको श्रृंखला नरोकेको लगायतका आरोप समेत लगाउनु भयो । राईको सम्बोधन लगत्तै गठबन्धन आवद्ध दलका सांसदहरु बैठकबाट बाहिरिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...