Loading...

सेन्चुरी मसलाको उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा

काठमाडौ २६ कार्तिक ।  

मोरङको टंकीसिनवारीस्थित दुगडको सेन्चुरी मसलाको उद्योगमा हिजो बेलुकीदेखि लागेको आगो करिब १२ घण्टापछि नियन्त्रणमा आएको छ ।

बेलुकी ६ बजेदेखि उद्योगमा लागेको आगो विराटनगर, इटाहरी र इनरुवा नगरपालिकाका आधा दर्जन बारुद यन्त्रको सहयोगमा नेपाल प्रहरी, सेना र स्थानीयवासीको प्रयासमा आज बिहान नियन्त्रणमा आएको हो ।

उद्योगमा वेल्डिङ गरिरहेका बेला एक्कसी आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । आगालागीको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आगालागीबाट मेसिन, तयसमा रहेका कच्चा पदार्थ उद्योग भवन र तयारी अवस्थामा रहेका करोडौं मालसामन जलेर नष्ट भएको छ । पूर्व सभासद मोती दुगडको उक्त उद्योगले सेन्चुरी मसालाका साथै अन्य फुडको उत्पादन गर्दै आएको छ ।

आगो ठूलो क्षेत्रमा फैलिएकोले नियन्त्रणमा लिन समस्या भएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...