Loading...

जर्मन महावाणिज्य दुतावास अगाडी आत्मघाती बम विष्फोट, २ को मृत्यु

एजेन्सी कार्तिक २६  । अफ्गानिस्नानको मजार ए सरीफमा  रहेको जर्मन महावाणिज्य दुतावासमा शक्तिशाली आत्मघाती बम विष्फोट भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ ।
आत्मघाती आक्रमणकारीले विष्फोटक पदार्थले भरिएको ट्रकलाई दुतावासको भवनमा ठोक्काएर विष्फोट गराएको अधिकारीहरुले बताएका छन् ।
यो विष्फोट पछि गोली समेत चलेको प्रहरीले जनाएको छ । यस घटनामा ८० जना घाइते भएको बताईएको छ । विष्फोटको जिम्मेवारी तालेवानले लिएको छ । नेटोको सैनिक क्याम्प पनि सोही स्थान नजिकै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...