Loading...

अब प्रचण्डले पनि माग पूरा गर्न सक्दैनन्, आन्दोलनमै जाऔैं : मोर्चा भित्र छलफल

कार्तिक २५ काठमाण्डौं । “ प्रचण्ड पनि उही ढाटछल गर्ने मात्र हुन् , उस बाट पनि हाम्रो माग पूरा हुदैन, अब कठोर आन्दोलनमा जानुको बिकल्प छैन । ” संघीय गठबन्धन भित्र यही निष्कर्षको सेरोफेरोमा बिहिबार छलफल भएको छ ।  यद्यपि, उनीहरुले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्ना मागहरुका बारेमा गंभीर ध्यानाकर्षण गराउने योजना बनेको राष्ट्रिय मधेश समाजवादीका महासचिव केशब झाले बताए ।

मधेशी मोर्चाका नेता सम्मिलित बिहिबारको बैठकमा बोल्ने नेताहरु अधिकाशंले अब कठोर र निर्णायक आन्दोलन बाहेक माग पूरा हुने कुनै विकल्प छैन एक नेताले भने ।  त्यसैले अब चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु शुरु गर्ने र चैत भित्रमा कठोरता प्रदान गरेर सिंहदरबारलाई गलाउने तयारीमा उनीहरु जुटेको स्रोतले जनाएको छ । यसको तयारी स्वरुप केही दिन अघि बसेको गठबन्धन बैठकले आज २५ कार्तिकमै ज्ञापन पत्र दिने निर्णय गरेको भए पनि यसलाई रोकेर बैठक गरेका थिए ।
पहिलो चरणमा संविधान शसोधनका लागि प्रस्ताव दर्ता गर्न छोटो समय दिने, त्यो नभए चरणवद्ध धर्ना ज्ञापन पत्र सहित आन्दोलन शुरु गर्दै यसलाई कठोर चरणमा पुर्याउने उनीहरुले तयारी गरेका हुन् । गठबन्धनको  बैठकले सरकारले आफूहरुलाई झुक्याउने काम गरेको भन्दै आपत्ति समेत जनाएको छ ।  बैठकमा संविधान संशोधनप्रति प्रमुख प्रतिपक्ष एमाले समेत सकारात्मक बनेका बेला सरकारले संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै प्रधानमन्त्रीको नियतमाथि शंका उब्जेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...