Loading...

सरकारले प्रविधि र अन्वेषणको क्षेत्रमा लगानी गर्ने

कार्तिक २५, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनु भएको छ ।
विश्व विज्ञान दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उहाले विज्ञान प्रविधिको विकास आजको अनिवार्य आवश्यकता भएकाले लगानी बृद्धि गरेर विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न पर्ने बताउनु भयो ।

विज्ञान र प्रविधिको विकासका क्षेत्रमा राज्यले लगानी बढाएमा नेपालले ठुलो सफता पाउने भन्दै प्रधानमन्त्री दाहालले सरकार प्रविधि र अन्वेषणको क्षेत्रमा उत्साह वद्र्धक लगानी गर्न तयार रहेको बताउनु भयो ।

अनुत्पादक र अन्धविश्वासका क्षेत्रमा खर्च भईरहेको वजेटलाई अन्वेशणका क्षेत्रमा प्रयोग गरे प्रविधिको पहुँच उपभोगमा सीमित हुनु नपर्ने बताउनु भयो ।

उहाले भन्नुभयो , कृषि र पर्यटनको क्षेत्रमा प्रविधिको प्रयोगद्वारा हामीले समृद्धि हासिल गर्न सक्छौं । त्यसका लागि सबैले प्रविधिलाई उत्पादनसँग जोड्नेबारे सोचौं ।’

प्रधानमन्त्रीले राज्यले विज्ञान र अन्वेषणको क्षेत्रमा लगानी नगर्ने र विज्ञान मन्त्रालयको मन्त्रीले हिनताबोधको अनुभूति गरुञ्जेल विज्ञानको विकासले प्रगति हासिल गर्न नसक्ने बताउनु भयो ।

कार्यक्रममा सांसद रबिन्द्र अधिकारीले विज्ञान र प्रविधिले राजनीतिक सपनाहरुलाई सार्थकतामा बदल्ने बताउनुभयो ।
विचार गोष्ठीको प्रधानमन्त्रीले रोबर्टद्वारा उद्घाटन गर्नुभएको थियो भने विभिन्न क्षेत्रका वैज्ञानिकहरुले प्रविधिको विकास र अवस्थाबारे अलग–अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया

Loading...