Loading...

लोकमानबिरुद्धको मुद्धालाई मुख्य मुद्धा सँगै पेशी चढाउन आदेश

काठमाडौं ,कार्तिक २५ ।

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको सेवा सुविधा खोस्नुपर्ने माग राखी दायर मुद्दा लाई मुख्य मुद्दासँगै पेशी चढाउन आदेश दिएको छ ।

न्यायाधिशहरु जगदिश शर्मा पौडेल, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कार्कीको नियुक्ति सम्बन्धमा परेको मुख्य मुद्दासँगै आगामी मंसिर १६ गते सुनुवाई हुने गरी यो मुद्दा पेशी चढाउन आदेश दिएको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुख कार्कीको न्यायीक निलम्बन र उहाको सेवा सुविधा खोस्नुपर्ने अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएके थियो । अर्यालले दर्ता गरेको निवेदनमा ८० जना कानुन व्यवसाय्रीले ऐक्यवद्धता जनाएका छन् ।

यसअघि म्याद तामेलीमा अवरोध र्पुयाएको मुद्दामा गत मंगलबार सर्वोच्चले अख्तियारका निलम्बित प्रमुख कार्कीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...