Loading...

दमकलाई उपमहानगरपालिका माग गर्दै सरकारी कार्यलयमा कालोझण्डा

दमक ,२५ कार्तिक ।

दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै झापाका स्थानीय राजनीतिक दलहरुले सरकारी कार्यालयमा तालाबन्दी गरि आन्दोलनमा उत्रिएका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलका प्रतिनिधि सम्मिलित सर्वदलीय संयुक्त संघर्ष समिति लखनपुर, तोपगाछी र धरमपुर गाविस मिलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको हो ।

समिति सम्बद्ध आन्दोलनकारीले सबै सरकारी कार्यालयमा तालाबन्दी गर्दै कालोझण्डा सगाडेर प्रदर्शन र घेराऊ गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, नगर सचिव शंकर बस्नेत, प्रेम विमली, कांग्रेसका दिपेश दाहाललाई पक्राउ गरेको छ ।

आन्दोलनमा उत्रिएका स्थानिय नेताहरुले दमकलाई उपमहानगरपालिका नबनाएसम्म आन्दोलन नरोकिने बताएक छन् ।
इटहरी र मेचीनगरभन्दा पुरानो दमक नगरपालिकालाई उपमहानगरपालिका नबनाइएको उनीहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...