Loading...

मोरङमा डेंगु संक्रिमित थपिए

मोरङ, कात्तिक २५ ।
मोरङको उर्लाबारी क्षेत्रमा डेंगु संक्रमितको सङख्या बढेको छ । उर्लाबारी–६ स्थित मंगलबारे अस्पतालमा उपचारका लागी पुगेका पथरी शनिश्चरे–८ का विक्रम सुनारलाई डेंगु संक्रमण पुष्टि भएपछि सो क्षत्रेमा डेंगु संक्रमितको संख्या पाँच पुगेको छ ।

यसअघि उर्लाबारी–१ की रामकुमारी राई, कमला श्रेष्ठ, उर्लाबारी–४ की सरिता थापा र लक्ष्मी साहको रगत परीक्षणमा डेंगु संक्रमण भेटिएको थियो ।

ज्वरो आएपछि मंगलबारे अस्पतालमा र गोदावरी अस्पतालमा उपचारका लागि पुगेका उनीहरुमा डेंगु संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य मोरङको टोलीले रगत परीक्षण गरेको थियो ।

रगत परीक्षणबाट डेंगु प्रमाणित भएको जनस्वास्थ्यका ल्याब टेक्निसियन राजु राउतले जानकारी दिनुभयो ।

यसैबीच, उर्लाबारी क्षेत्रमा डेंगुका बिरामी फेलापरेपछि उर्लाबारी नगरपालिका, मंगलबारे अस्पताल र जिल्ला जनस्वाथ्य कार्यालयले लार्भा नस्ट अभियान सुरु गरेको भेक्टर कन्ट्रोल सुपरभाइजर रामकुमार लामाले जानकारी दिनुभयो ।

लामखुट्टेको लार्भा नस्ट गर्ने अभियानअन्तर्गत् उर्लाबारीको ३ र ४ नम्बर वडामा विषादी छर्किन सुरु गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...