Loading...

तीन महिने अभियान सन्चालन गर्दै युवा जनस्वयंसेवक

काठमाण्डौ ,२५ कार्तिक ।

राष्ट्रिय युवा जनस्वयंसेवकले तीन महिने राष्ट्रका लागी युवा अभियान सन्चालन गर्ने भएको छ ।

राजधानीको आज पत्रकार सम्मेलन गरी जनस्वयंसेवकले जनहितका पक्षमा आगामि कार्तिक २७ गतेदेखि तीन महिने अभियान सन्चालन गर्न लागेको जानकारी दिएको हो ।

जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले अभियान अन्तरगत बिशेषगरी काठमाण्डौ उपत्यकाको फोहर व्यावस्थापनका लागी सरसफलाई कार्यक्रम सन्चालन गरिने बताउनु भयो ।

यस्तै उहाले रउपत्यकाको ट्राफिक जाम व्यावस्थापनमा सहयोग गर्ने , फुटपाथलाई व्यावस्थीत , सार्वजनिक तथा सरकारी सेवालाई सहज बनाउने जस्ता कामहरु पनि गर्ने बताउनु भयो ।

यसैगरी भ्रष्टचारीहरुको भण्डाफोर ,राष्ट्रघात र जनविरोधि क्रियाकलापको भण्डाफोर गर्ने कार्यलाई पनि निरन्तरता दिने जनस्वयमसेवकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...