Loading...

असन्तुष्ठ पक्षलाई समेटेर मुलुकलाई हिन्दू राज्य बनाउनेः राणा

पाँचथर, कात्तिक २५ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले आगामी चैतमै स्थानीय निकायको चुनाव गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पाँचथरको फिदिममा आज पार्टीले गरेको कार्यक्रममा बोल्दै उहाले अहिलेको गाउँ नगरको संरचनालाई कायम गरेरै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष राणाले मधेसी, आदिवासी जनजातिका मागलाई सम्बोधन गर्दै अब मुलुकलाई हिन्दू राज्य बनाउन लाग्ने बताउनु भयो ।
उहाले अङ्गिकृत नागरिकता भएको व्यक्ति संवैधानिक पदमा जान दिने पक्षमा पार्टी नरहेको उल्लेख गर्दै अंगीकृत नागरिकलाई संवैधानिक पदमा कुनै हालतमा नजाने बताउनु भयो ।

अर्को प्रशंगमा उहाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने भन्दै त्यसका लागी दुवै पक्षबाट छलफल भईरहेको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...