Loading...

त्रिपुरेश्वर–नागढुङ्गा सडक विस्तारमा भएको ढिलाईको कारण दिन प्राधिकरणलाई निर्देशन

काठमाडौं, कात्तिक २५ ।
ब्यावस्थापिका संसद अन्तरगतको विकास समितिले काठमाडौंको त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडक विस्तारमा ढिलाई हुनुको कारण पेस गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले आज सम्वन्धित निकायसंग छलफल गरी सडक विस्तार कार्यमा ढिलाई हुनको कारण पेश गर्न प्राधिकरणका कार्यकारी प्रमुख भाइकाजी तिवारीलाई निर्देशन दिएको हो ।

सडक बिस्तार हुन नसक्दा जनस्वास्थ्यमा धुलोको कारण प्रतिकुल असर परेको भन्दै छिटो सडक विस्तार कार्य सम्पन्न गर्नुपर्नेमा समिति सदस्यहरुले जोड दिएका छन् ।

समितिले कुनै पनि राजनीतिक दवावमा नआइ सडक विस्तार कार्यलाई निरन्तरता दिन भनेको छ ।

यस्तै विभिन्न स्थानहरुमा खाल्डो परेका सडकहरुलाई अविलम्व पुरेर आवजजावत सहज वनाउन समितिले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

आजको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख तिवारीले प्राधिकरणमा जनशक्तिको अभाव रहेको भन्दै लोकसेवा मार्फत अविलम्व पदपुुर्ती गर्नुपर्ने पर्नेमा जोड दिनुभयो । उहाले यसै आर्थिक वर्ष भित्र वाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मापदण्ड विपरित रहेका संरचनाहरु छिट्टै हटाइने भन्दै खानेपानी र विद्युत प्राधिकरण जस्ता निकायले समन्वय गरी सडक विस्तारको काम गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...