Loading...

बुटवलबाट विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

बुटबल, कार्तिक २५ ।
प्रहरीले विप्लव नेतृत्वको माओवादीका २१ कार्यकर्ता आज बुटबलबाट पक्राउ गरेको छ । आगामि कार्तिक २८को नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका माओवादी जिल्ला सेक्रेटरी शरद ओलीसहित २१ जना लाई प्रहरील गिरफ्तार गरेको हो ।

एक घण्टे चक्काजामका क्रममा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरुलाई बुटवलको अस्पताल लाईनबाट गिरफ्तार गरेको हो ।

उनीहरु सबैलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मुकुन्द मरासिनीले बताउनु भयो ।

कालोबजारी र महँगी नियन्त्रण गर्न सरकार उदासिन रहेको भन्दै खाद्य सम्प्रभुता सुनिश्चित गर्न माग गरि माओवादीले बन्दको आह्वान गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...