Loading...

संबिधान संसोधनका लागी अन्य दलसँग छलफल गर्ने

काठमाडौ २५ कार्तिक ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन र कार्यान्वयनका लागि अन्य दलसँग वार्ता अघि बढाउने निर्णय गरेको छ ।

केन्द्रको आज बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले संविधान संशोधन र कार्यान्वयनका लागि दलहरुबीच सहमति आवश्यक रहेको भन्दै लचक भएर प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकमा धेरैजसो नेताहरुले संविधान संशोधनमार्फत मधेशका मुद्दा सम्वोधन गर्न ढिलाई गर्न नहुने धारणा राखेका थिए । बैठकले अन्य दलसँग वार्ता गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

बैठकमा पार्टीको राष्ट्रिय भेलाको आवश्यक तयारी सम्बन्धमा पनि छलफल भएको थियो । आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन र तयारीबारेमा छलफल आरम्भ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...