Loading...

कार्तिक २८ को नेपाल बन्द अघि नै माओवादीका कार्यकर्ता धमाधम गिरफ्तार

काठमाडाैँ , २५ कात्तिक ।

खाद्य सम्प्रभुताको ग्यारेन्टीको माग गर्दै आन्दोलित बनेको नेकपा (माओवादी)ले आज उपत्यका सहित मुलुकभर चक्काजाम गरेको छ ।

कार्तिक २८ गते आयोजना गरेको नेपाल बन्दको तयारी स्वरुप माओवादीले आज बिहान ९ बजे देखी १० बजेसम्म चक्काजाम गरेको थियो ।

चक्काजामका क्रममा देशभरबाट माओवादीका दर्जन बढी नेता कार्यकताई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय सदस्य तथा काठमाडौँ उपाध्यक्ष रवि गोले र पार्टीका जिल्ला सदस्य नविन बिष्टलाई आज विहान काठमाडौँको तिनकुनेबाट गिरफ्तार गरेको छ ।

यसैगरी , प्रहरीले भक्तपुर , ललितपुर , चितवन , पोखरा , गुल्मी , मकवानपुर , झापालगायतका जिल्लाहरुवाट माओवादीको दर्जनौ नेता(कार्यकर्ताहरु पक्राउ गरेको बताईएको छ ।
उता माओवादीले भने बाटोमा हिडिरहेका आफ्नो निर्दोष नेता तथा कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको भन्दै बिरोध जनाएको छ ।

यस्तै मोरङ जिल्ला सेक्रेटरी पुस्कर श्रेष्ठ , ब्यूरो सदस्य जितेन्द्र महरा ,धर्मेन्द्र दास कर्ण, बालाराम कामद, डिल्ली नेपाली ,कुमार खतिवडा ,दिपक राई, नवराज नेपाल ,गणेश निरौला, बिष्णु चौधरी, कमल नेपाल, वाशुदेश चौधरी, मनिस शाह, दुखी पासवान गरी १्५ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेको माओवादीले बताएको छ ।

त्यस्तै उदयपुरमा जिल्ला सेक्रेटरी केदार राई सहित १० जना पक्राउ परेका छन् भने त्यस्तै झापाबाट विद्यार्थी नेता सुमन सिंह पौडेल , नविन अधिकारी, विराटनगरबाट रिता पासवान, केवी चौलागाई, ताराविर सहित ५जना नेता–कार्यकर्ता पक्राउ परेका छन् ।
त्यस्तै पुष्पलपूर धनुषाबाट लालु यादव र महेन्द्र मण्डल पक्राउ परेका छन् । काठमाडौं तीनकुनेबाट युवा उपाध्यक्ष रवी गोले, काठमाडौं जिल्ला सदस्य नविन विष्ट र कृष्ण कुमार रहेका छन् भने भक्तपुर जिल्लाबाट बुद्धी पुन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...