Loading...

तनहुँबाट १२ वटा स्थानीय निकायका सिफारिस

काठमान्डौ ,कात्तिक २५।
तनहुँबाट चार नगरपालिका र आठ गाउँपालिका सिफारिस गरिएको छ । सिफारिस गरिएका नगरपालिकामा व्यास, शुक्लागण्डकी, भानु र भीमाद रहेका छन् भने गाँउपालिकामा बन्दीपुर, आँबुखैरेनी, ढोरबाराही, मरस्र्याङदी, रिसिङ, देवघाट, घिरिङ र म्याग्दे रहेको जिल्ला प्राविधिक सहयोग समिति ले जनाएको छ ।

अहिले भइरहेको बन्दीपुर र आँबुखैरेनी नगरपालिकालाई गाउँपालिका तथा मरर्स्याङ्दी र ढोरबाराहीलाई नयाँ गाउँपालिकाको रुपमा सिफारिस गरिएको जिल्ला प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

कांग्रेस, एमाले र माओवादी भने सिफारिसप्रति सन्तृष्ट हुन नसकेको बताइएको छ । आयोगले तनहुँमा न्यूनतम नौदेखि बढीमा १२ वटा स्थानीय तह गठनका लागि प्रतिवेदन पेस गर्न सिफारिस गरेको थियो ।

स्थानीय विकास अधिकारी तिवारीले जिल्लामा क्रियाशील १८ वटै दलको सुझावका आधारमा स्थानीय तह सिफारिस गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया

Loading...