Loading...

नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै

काठमाडौ २५ कार्तिक ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको बैठक अहिले बसिरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा अहिले केहिवेर पछि बस्ने बैठकमा संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई अघि बढाउन पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने जनाएको छ ।

बैठकमा सरकारको कामकारबाहीका विषयमा पनि समिक्षा हुनेछ । पछिल्लो समय पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाही प्रभावकारी नभएको र आफूलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको भन्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहाल असन्तुष्ट हुनुहुन्छ ।

अध्यक्ष दाहालले असन्तष्ट मधेशी मोर्चाका लागि गर्ने भनिएको संविधान संशोधनका विषयमा पार्टी नेताहरुलाई परामर्श गर्नुहुने नेताहरुले बताएका छन् ।

मोर्चाको माग सम्बोधन नगरी संविधान कार्यन्वयनको कार्य योजना ल्याउन नसकिने भएकाले जतिसक्दो छिटो मधेशकेन्द्रित दलहरुलाई सहमतिमा ल्याउने प्रयासमा दाहालले पार्टीभित्र र अन्य दलसँगको छलफललाई तीव्रता दिनुभएको उहाँका सहयोगीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...