Loading...

पोखराको हङकङ बजारमा आगलागि हुदा २५ वटा सटर जलेर नष्ट

काठमान्डौ कात्तिक २५।
पोखराको पृथ्वी चोकनजिक हङकङ बजारमा गएराति आगलागी हुदा २५ वटा सटर जलेर नष्ट भएको छ । हङकङ बजारको पूर्वतर्फ सहारा क्बल अगाडी रहेका सो सटरहरु आगलागीका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

गएराती अवेरमात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन । लत्ताकपडा, जुत्ता, खाद्यान्न, कस्मेटीक लगाएतका पसलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युत सट भएर आगो लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया

Loading...