Loading...

सरकारलाई दिएको समर्थ फिर्ता गर्नेबारे निर्णय गर्न मोर्चाको बैठक बस्दै

काठमान्डौ कात्तिक २५ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघिय गठबन्धनको बैठक आज बस्दै छ । बैठक संघिय समाजवादी फोरम नेपालको तिनकुने स्थित पार्टी कार्यालयमा बस्ने छ ।

आजको बैठकमा गठबन्धनले कात्तिक मसान्त भित्र आफूहरुको माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आौपचारिक निर्णय गर्ने छ । सरकारले आफूहरुको माग संबोधन हुने गरी संविधान संशोधन नगरेको भन्दै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरुलाई कात्तिक मसान्त भित्रमा संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गरिने आश्वसन दिनु भएको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिनु भयो । सोही अनुसार आफूहरुले सरकारलाई अन्तिम पटक भन्दै मसान्त सम्मको समय दिइने जनाउनु भयो ।

नयाँ सरकार गठनका बेला भएका तिन बुदे सहमति अनुसार सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाएको बन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...