Loading...

आज किराँत गुरु फाल्गुनन्दको जन्मजयन्ति मुलुकभर मनाईदै

काठमाण्डौ ,२५ कार्तिक ।

आज फाल्गुनन्दको १ सय ३२ औ जन्मजयन्ति किरात समुदायले बिभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाउदै छन् । किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेनको सम्झनामा आज नेपालभरि विभिन्न कार्यक्रमहरु र साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनन्द जयन्ति मनाइदै छ ।

यसै अवसरका आज तेह्रथुमको आठराई सक्रान्ति बजारमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको छ । सामाजिक अभियन्ता तथा आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको अहिंसाका सिद्धान्तहरु अहिले पनि सान्दर्भिक रहेका छन् । सन् १९४२ मा पूर्वि नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ ।

पूर्विनेपालका विभिन्न ठाँउमा किरातहरुको मगंहिम मन्दिरको स्थापना ,किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ वनाँउन शिक्षाको प्रार्दुभाव गर्नमा गुरु फाल्गुनन्दको भुमिका अतुलनीय रहेको छ ।

यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा वाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दले ठुलो योगदान गर्नुभएको छ । नेपालमा मात्र नभइ भुटान, भारत लगायतका मुलुकमा रहेका किराँत समुदायले आजको दिन फाल्गुनान्द जन्मजयन्ति मनाउने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया

Loading...